बेलायती रेफ्रीबिहीन विश्वकप फुटबल हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बेलायती रेफ्रीबिहीन विश्वकप फुटबल हुँदै

British referee

एजेन्सी , १६ चैत । यो वर्ष रुसमा हुने विश्वकप फुटबलमा बेलायती रेफ्री नहुने भएका छन् ।  सन् १९३८ पछि पहिलो पटक विश्वकप फुटबलमा बेलायती रेफ्री नहुने पक्का भएको हो ।

रुस विश्वकपका लागि फिफाले ३६ जना अफिसियल छनोट गरेको छ । तर इंग्ल्याण्ड, स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डबाट एक जना पनि रेफ्री परेका छैनन् । ६३ जना असिन्टेन्ट रेफ्रीमा पनि बेलायतका एक जना पनि परेका छैनन् ।

रेफ्रीमा बेलायतका मार्क क्लाटेनबर्गको सम्भावना रहेको भएपनि उनले फेब्रुअरीमै जागिर छोडिसकेका थिए । क्लाटेनबर्गले सन् २०१६ को युरोकपको फाइनलमा पोचुर्गल र फ्रान्सबीचको खेल खेलाएका थिए ।

सन् १९५० पछिका प्रत्येक विश्वकप फुटबल प्रतियोगितामा कम्तीमा एक जना ब्रिटिस सहभागी हुँदै आएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);