'डीपीएल' क्रिकेट प्रतियोगिताको तयारी तिब्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

‘डीपीएल’ क्रिकेट प्रतियोगिताको तयारी तिब्र

Dhangadi Premier League

सन्तोष रोकाया
कैलाली, १५ चैत
। सर्वाधिक धनराशिको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको तयारी तिब्र बनाइएको छ । यहि चैत १७ गतेबाट सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेकोे छ । राष्ट्रिय खेलाडीहरु धनगढी पुग्ने भएपछि स्थानीय खेलप्रमीहरु हर्षित भएका छन् ।

सर्वाधिक धनराशिको डीपीएल क्रिकेट प्रतियोगिता यहि चैत १७ गतेदेखि धनगढीमा सुरु हुँदै छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । अहिले खेल मैदानमा प्याराफिट र ब्यानर बनाउने काम भइरहेको छ ।

प्रतियोगिताका लागि ख्यातिप्राप्त खेलाडी धनगढी जाने भएपछि स्थानीय खेलाडी र खेलप्रेमी हर्षित भएका छन् । प्रतियोगिताको कुल लागत ३ करोड लाग्ने आयोजकको भनाई छ ।

प्रतियोगिता हेर्न दर्शकका लागि लिग चरणमा ५०, प्लेअफमा ७० र फाइनलमा सय रूपैयाँ टिकट दर तोकिएको छ । डीपीएल विजेताले २५ लाख उपविजेताले १० लाख, तेस्रो हुनेले ३ र चौथोले २ लाख पुरस्कार पाउने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);