अस्ताए ‘महाभारत’ का भीम | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

अस्ताए ‘महाभारत’ का भीम

काठमाडौं । लोकप्रिय धार्मिक धारावाहिक ‘महाभारत ‘भीम’ अर्थात् प्रवीणकुमार सोबतीको ७४ वर्षको उमेरमा निधन भएको छ । अभिनेता स्पाइनल समस्याबाट ग्रस्त थिए । यद्यपि उनको निधनको प्रमुख कारणबारे केही खुलाइएको छैन । फिल्ममा काम गर्नुअघि प्रवीण एथलेटिक्सका खेलाडी थिए ।

प्रवीण पछिल्लो दशकमा लामो समयदेखि घरमै थिए । स्वास्थ्य अवस्था ठिक नभएपछि चिकित्सकले पनि उनलाई कैयौं खानेकुरामा प्रतिबन्ध लगाएका थिए । अभिनयमा आउनुअघि प्रवीण एक हेमर र डिस्कस थ्रो एथलिट थिए । उनले एसियन गेम्समा चार मेडल (दुई स्वर्ण, एक रजत र एक कास्य) जितेका थिए । उनले दुई ओलम्पिक खेलमा पनि भारतको प्रतिनिधित्व गरेका थिए ।

खेलमा राम्रो योगदान पु¥याएका उनलाई ‘अर्जुन अवार्ड’ दिइएको थियो । यो अवार्डसँगै उनले बोर्डर सेक्युरिटी फोर्समा डेपुटी कमान्डेन्टको जागिर पाएका थिए । खेलकुदमा सफल भएपछि उनले फिल्ममा आउने निर्णय लिएका थिए ।

प्रवीणले सन् १९८१ मा रिलिज फिल्म ‘रक्षा’बाट डेब्यू गरेका थिए । तर उनले पहिचान भने ‘महाभारत’को ‘भीम’बाट पाए । उनको अन्तिम फिल्म सन् १९९८ मा रिलिज ‘ट्रन टु पाकिस्तान’ थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);