मंसिरको १५ र १६ गते सलिको गल्फ प्रतियोगिता | ईमाउण्टेन समाचार

Our Network

साउन १ २०८१, मंगलबार

मंसिरको १५ र १६ गते सलिको गल्फ प्रतियोगिता

golf

काठमाडौं, १२ मंसिर । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको आयोजनामा दुईदिने सलिको गल्फ प्रतियोगिता हुने भएको छ । विगतकोझै यस पटक पनि आगामी मंसिरको १५ र १६ गते सलिको गल्फ प्रतियोगिता हुन लागेको हो ।

रोयल नेपाल गल्फ क्लवमा आयोजना हुने सो प्रतियोगितामा कुल १६ विधामा प्रतिष्पर्धा हुने भएको छ । सोमवार आयोजक रोयल नेपाल गल्फ क्लवमा पत्रकार सम्मेलन आयोजना गर्दै दुई दिने प्रतियोगिताका बारेमा जानकारी दिएको हो । महिला, पुरुष तथा विभिन्न उमेर समूहका खेलहरू हुने आयोजकले जनाएको छ । पुरुषतर्पको विजेताले ट्रफी, एक जोडीका लागि गोसाइकुण्डमा हेलिकप्टरमा यात्रा र नगद भौचर, पाँच हजार नगद पुरस्कार तथा उपविजेतालाई ट्रफी, नगद भौचर, १० हजार नगद पुरस्कार पाउनेछन् ।

त्यस्तै ग्रसतर्पm विजेता पुरुषले ट्रफी, नगद भौचर र १५ हजार रुपैयाँ तथा महिलाका विजेताले ट्रफी, नगद भौचर र १० हजार नगद पुरस्कार पाउनेछन् । महिलातर्प उपविजेताले ट्रफी, नगद भौचर र ८ हजार रुपैयाँ पाउनेछ । सिनियरतर्पm विजेताले ट्रफी, नगद भौचर र उविजेताले ट्रफी, नगद भौचर र ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । सिनियर ब्वाइज र जुनियर ब्वाइजमा पनि पुरस्कार निर्धारण गरिएको छ ।

मस्ट बर्डिज, लंगेस्ट ड्राइभ (होल नम्बर ११), क्लोजेस्ट टु दी पिन (होल नम्बर १२) र बेस्ट स्पोर्ट्सम्यानसिपका लागि पुरस्कार तय गरेको आयोजकले जनाएको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले यो प्रतियोगिता आयोजना गर्नुको उद्देश्य गल्फ खेलमा रुची राख्ने खेलाडीको प्रतिभा प्रस्फुटन गराउने जनाएको छ । विश्वमा अधिक रुचाइएको खेलमध्ये गल्फ पनि एक भएपनि नेपालको सन्दर्भमा यस खेलको विकास तथा बिस्तार अपेक्षित रूपमा हुन नसकेको अवस्थामा यस किसिमको प्रतियोगिताले सहयोग पुग्ने आयोजकको विश्वास छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);