साफ च्याम्पियनसिप फुटबल एक वर्षका लागि सर्‍यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

साफ च्याम्पियनसिप फुटबल एक वर्षका लागि सर्‍यो

saff 2

काठमाडौं, १६ असार । बंगलादेशमा तय भएको १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल एक वर्ष पछि सरेको छ । सोमबार बसेका दक्षिण एसियाली फुटबल महासंघ साफकोे बैठकले कोरोना भाइरसको महामारीको कारण साफ च्याम्पियनसिप एक वर्ष सार्ने निर्णय गरेको हो ।

अब प्रतियोगिता सन् २०२१ मा हुनेछ । यस अघि १३ औं संस्करणको साफ च्याम्पियनसिप सेप्टेम्बरमा हुने तय थियो । सन् २०१८ को १२ औं साफ आयोजना गर्ने जिम्मेवारी पाएको बंगलादेशले लगातार दोस्रो पटकआयोजनाको जिम्मा पाएको थियो ।

उक्त संस्करणमा भारतलाई २–१ ले हराउँदै माल्दिभ्सले उपाधि जितेको थियो । नेपाल भने सेमिफाइनलसम्म पुगेको थियो ।

यस्तै महिला र पुरुषको साफ यू–१५ च्याम्पियनसिप र साफ यू–१८ वुमन्स च्याम्पियनसिप भने सेप्टम्बरको बैठकले तय गर्ने निर्णय गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);