मिडियाकप फुटसलको उपाधी खेलकुद पत्रकार मञ्चलाई, माउण्टेन टेलिभिजन दोस्रो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

काठमाडौँ, १९ भदौ । सूर्यकुमार क्षेत्री दोश्रो अन्तर मिडियाकप फुटसल प्रतियोगिताको उपाधी खेलकुद पत्रकार मञ्चले जितेको छ ।

 

सोमबार ललितपुरमा भएको फाइनल खेलमा मञ्चले माउण्टेन टेलीभिजनलाई ५–१ फराकिलो गोलअन्तरले पराजित गरेको हो । खेलकुद पत्रकार मञ्चका लागि दिल तामाङले २ तथा निशान राई, शुवास हुमगाईं, र दिपेन्द्र पोख्रेलले १–१ गोल गरे । माउण्टेन टेलिभिजनका लागि सुमन चौधरीले १ गोल फर्काए ।

सोमबार बिहान भएको सेमिफाइनलमा मञ्चले नेपाल टेलिभिजनलाई ५–२ र माउण्टेलन टेलिभिजनले फोटपत्रकारलाई ३–१ ले जितेको थियो । खेलकुद पत्रकार मञ्च समूह ए र माउण्टेन टेलिभिजन समूह बी को बिजेता बन्दै सेमिफाइनल पुगेका थिए ।

 

विजेता खेलकुद पत्रकार मञ्चले ५० हजार र उपविजेता माण्टेन टेलिभिजनले २५ हजार रुपैयाँ नगद पुरस्कारसहित सिल्ड, मेडल पाएका छन् ।

 

स्वर्गीय पत्रकार तथा गीतकार सूर्यकुमार क्षेत्रीको स्मृतीमा गोल पोष्ट स्पोट्र्स एन्ड ट्रेनिङ सेन्टरले आयोजना गरेको प्रतियोगितामा १० वटा टिमको सहभागीता रहेको थियो ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);