एएफसी एसिया कप छनौट : आज नेपाल र ताजकिस्तान भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

काठमाण्डौँ, २० भदौ । एएफसी एसिया कप छनौट अन्तर्गत नेपाल आज ताजिकिस्तानविरुद्ध मैदानमा उत्रिने भएको छ ।

 

एएफसी एसिया कप छनौट अन्र्तगत समूह चरणको तेस्रो खेलमा नेपाल र ताजिकिस्तान आज ललितपुरको सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा दिउँसो ३ बजे आमनेसामने हुन लागेका हुन् । नियमित कप्तान अनिल गुरुङको स्थानमा टोलीमा परेका नयाँ अनुहार जर्ज प्रिन्स कार्कीले स्ट्राइकरको जिम्मेवारी सम्हाल्ने सम्भावना रहेको छ ।

 

फिलिपिन्स र यमन सम्मिलित समूहमा नेपालको एक अंक छ भने अघिल्ला दुवै खेल गुमाएको ताजिकिस्तान अंक तालिकाको पुछारमा छ । फिफा वरियतामा नेपाल १ सय ६९ औं तथा ताजिकिस्तान १ सय ५१ औं स्थानमा छन् ।

 

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले तीन अंक बटुल्ने लक्ष्यसहित मैदानमा उत्रने बताएका छन् । नेपाली टोलीले ताजिकिस्तानविरुद्धको खेलको तयारीस्वरुप जापानमा एक साता लामो प्रशिक्षण गरेको थियो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);