एएफसी एसिया कप छनौट : नेपाल ताजिकिस्तानसँग २-१ ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाण्डौँ, २० भदौ । एएफसी एसिया कप छनौट अन्तर्गत ताजिकिस्तानविरुद्ध भएको खेलमा नेपाल २ -१ ले पराजित भएको छ ।

एएफसी एसिया कप छनौट अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाल र ताजिकिस्तान भिडेका हुन् । मंगलबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा भएको खेलमा पहिलो हाफको ३० मिनट भित्र ताजिकिस्तानले २ गोल गर्न सफल भएको थियो । त्यस्तै खेलको दोस्रो हाफमा नेपालले जवाफ स्वरुप १ गोल फिर्ता गरेको थियो । नेपालका तर्फबाट बिमल घर्तीमगरले ६०औँ मिनेटमा एक गोल गरेका हुन् ।

फिलिपिन्स र यमन सम्मिलित समूहमा नेपालको एक अंक छ भने अघिल्ला दुवै खेल गुमाएको ताजिकिस्तान अंक तालिकाको पुछारमा छ । फिफा वरियतामा नेपाल १ सय ६९ औं तथा ताजिकिस्तान १ सय ५१ औं स्थानमा छन् ।

नेपाली टोलीले ताजिकिस्तानविरुद्धको खेलको तयारीस्वरुप जापानमा एक साता लामो प्रशिक्षण गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);