नेपाल कठिन समुहमा, तर, विजेता बन्ने लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाल कठिन समुहमा, तर, विजेता बन्ने लक्ष्य

काठमाडौं, ११ माघ । एसिया कप फुटबलको छनौट चरणमा नेपाल कठिन समूहमा परेको छ ।

नेपाल कठिन समुहमा

काठमाडौं, ११ माघ। एसिया कप फुटबलको छनौट चरणमा नेपाल कठिन समूहमा परेको छ ।

समूह ‘एफ’मा नेपालसँगै यमन, ताजकिस्तान र फिलिपिन्स रहेका छन् । सोमबार यूएईको अबुधाबीमा भएको एसिया कप छनौटको ड्रमा नेपालले यमन, ताजकिस्तान र फिलिपिन्सलाई प्रतिस्पर्धी पाएको हो ।

ग्वामले नाम फिर्ता लिएपछि एएफसी सोलिडारिटी कपको विजेता भएको नाताले एसियाली फुटबल महासंघ एएफसीले नेपाललाई एसिया कप छनौट खेल्ने मौका दिएको हो ।

नेपाल रहेको समूहमा परेका फिलिपिन्स फिफा वरियतामा १२२ औं स्थानमा, ताजकिस्तान १ सय ३२ औं स्थानमा र यमन १४९ औ स्थानमा छन् । नेपाल भने १ सय ७५ औं स्थानमा छ ।

खेल होम एण्ड अवेका आधारमा हुनेछन् । नेपालले पहिलो खेल आगामी मार्च २८ मा फिलिपिन्ससँग फिलिपिन्समै खेल्नेछ । यस्तै दोश्रो खेल जुन १३ मा यमनसँग नेपालमा हुने छ ।

तेश्रो खेल सेप्टेम्बर ४ तारिखमा ताजिकिस्तानसँग नेपालमा हुने छ । चौथो खेल अक्टुबर १० का दिन ताजिकिस्तानसँग उसकै घरेलु मैदानमा हुने ।

पाँचौ खेल फिलिपिन्ससँग नोभेम्बर १४ का दिन नेपालमा हुने छ । अन्तिम खेलमा नेपालले यमनसँग उसकै घरेलु मैदानमा खेल्ने छ । अन्तिम चरणको छनौटमा २४ टिम छन् ।

चार–चार टिमको ६ समूह बनाइएको छ । प्रत्येक समूहको शीर्ष दुई टिम एसियन कपमा छनोट हुनेछन् । डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया, जापानलगायत विश्वकप २०१८ मा एसियाली छनौटको अन्तिम चरणमा पुगेका १२ देश यसअघि छानिइसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);