विभिन्न देशका पैसासहित विदेश उड्न लागेका दुई महिला पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

विभिन्न देशका पैसासहित विदेश उड्न लागेका दुई महिला पक्राउ 

काठमाडौं । विदेशी पैसासहित विदेश उड्न लागेका दुई नेपाली महिला पक्राउ परेका छन् । नेपाल एयरलाइन्सको उडानबाट दुबई जान लागेकी ५६ वर्षीया सहनशीला बज्राचार्य र कतार एयरवेजको उडानमार्फत अस्ट्रेलिया उड्न लागेकी २३ वर्षीया रन्जिता श्रेष्ठ पक्राउ परेका हुन् ।

काठमाडौं महानगरपालिका–२ घर भएकी शाक्यले बोकेको निलो रङको ह्याण्ड ब्यागलाई चेकिङ गर्दा सात हजार ७०० यूरो, एक हजार ९०० क्यानेडियन डलर, एक हजार ३०० साउदी रियाल र ३३ ओमानी रिअल फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीले जनाएको छ ।

त्यस्तै काठमाडौंबाट दोहा हुँदै अस्ट्रेलियाको सिड्नी जान लागेकी गोरखा बोर्लाङ ८ घर भई काठमाडौं–१३ बस्ने श्रेष्ठको साथबाट १९ हजार ६०० अस्ट्रेलियन डलर र ४२ अमेरिकन डलरसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

लुकाई छिपाई बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);