आइसिसी विश्वकप: पाकिस्तानद्वारा इंग्ल्याण्ड पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आइसिसी विश्वकप: पाकिस्तानद्वारा इंग्ल्याण्ड पराजित

england-vs-pakistan

काठमाडौं, २१ जेठ । आइसिसी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत सोमबार राति भएको खेलमा पाकिस्तान विजयी भएको छ ।

पहिलो खेलमा जित निकालेको इंग्ल्याण्ड दोस्रो खेलमा भने पाकिस्तानसँग १४ रनले पराजित भएको हो । पहिलो खेलमा हारेको पाकिस्तानले इंग्ल्याण्डमाथि शानदार जित निकालेको हो । ३४९ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ९ विकेटको क्षतिमा ३३४ रन बनायो । उसका लागि जो रुटले १०७ र जोस बट्लरले १०३ रन बनाए पनि जितका लागि पर्याप्त भएन । अरु खेलाडीले खासै राम्रो रन बनाउन नसक्दा इंग्ल्याण्ड पराजित भएको हो ।

पाकिस्तानका वाहब रिजले तीन तथा मोहम्मद आमिर र शादाब खानले दुई–दुई विकेट लिए । एक दिवसीय विश्वकप क्रिकेटमा अहिलेसम्म यस्तो विशाल लक्ष्य कुनै पनि टिमले पूरा गर्न सकेका छैनन् । यसअघि पहिले ब्याटिङ्ग गरेको पाकिस्तानले ८ विकेटको क्षतिमा ३४८ रन बनायो । इङ्ल्यान्डविरुद्ध पाकिस्तानका तीन जना ब्याट्सम्यानले अर्धशतक बनाए । मोहम्मद हाफिज शतक बनाउनबाट १६ रनले चुके । बाबर आजमले ६३ रन बनाए । कप्तान तथा विकेटकिपर सरफराज अहमदले ५५ रन बनाए । ओपनरद्धय इमाम उल हकले ४४ र फाखर जमानले ३६ रन जोडे । पहिलो विकेटका लागि ८२ रनको साझेदारी गरेको पाकिस्तान कुनै पनि समय दबाबमा देखिएन । पहिलो खेलमा पाकिस्तानले वेस्ट इन्डिजसँग लज्जास्पद हार ब्यहोरेको थियो भने इंग्ल्याण्डले दक्षिण अफ्रिकाविरुद्ध शानदार जित हात पारेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);