प्रधानमन्त्री कप क्रिकेटमा सुदुरपश्चिम प्रदेशको पहिलो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

प्रधानमन्त्री कप क्रिकेटमा सुदुरपश्चिम प्रदेशको पहिलो जित

pm cup-sudurpaschim pradesh

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ । मंगलबार भएको लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गर्दै सुदुरपश्चिमले पहिलो जित निकालेको हो ।

मुलपानी क्रिकेट मैदानमा गण्डकीले दिएको ९० रनको सामान्य लक्ष्य सुदुरपश्चिमले २९ ओभर २ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले २० ओभर ४ बलमा अलआउट हुदै ८९ रन बनाएको थियो ।

जितसंगै समूह ’क’ बाट सुदुरपश्चिमले ४ खेलबाट ३ अंक जोडेर प्रतियोगिता सकाएको छ । गण्डकी भने जित विहिन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);