एनएसएल असोज चौथो साताबाट | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

एनएसएल असोज चौथो साताबाट

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण असोज चौथो साताबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को जारी कार्यसमिति बैठकले यसअघि दुई पटक मिति सार्वजनिक भएर स्थगित भएको एनएसएल २३ असोजदेखि २ मंसिरसम्म गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी बैठकले अनिश्चित बनेको एनएसएलको मिति तय गरेको हो ।

गत वर्षको वैशाखमा भएको एनएसएलको दोस्रो संस्करण सहिद स्मारक ए डिभिजन लिगका क्लबहरुको चर्को विरोधका कारण अन्तिम समयमा पुगेर स्थगित भएको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);