'वान डे' विश्वकप खेल्ने उमङग बोकेर राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

‘वान डे’ विश्वकप खेल्ने उमङग बोकेर राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं, ५ फागुन । जिम्बावेमा आईसीसी विश्वकप छनोट क्रिकेटबाट ऐतिहासिक उपलब्धि हासिल गरेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । विश्वकप छनोटबाट ‘वान डे’को मान्यता पाउन सफल टोली सोमबार साँझ काठमाडौँ आइपुगको हो । क्रिकेट टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरीएको छ ।

जिम्बाबेमा सम्पन्न आईसीसी विश्वकप छनौट खेलमा एक दिवसीय मान्यता पाएर फर्केको टोलीलाई विमानस्थलमा स्वागत गरीएको हो । टोली जिम्माबेको हरारेबाट युएई हुँदै काठमाडौ आएको हो ।

क्रिकेट टोलीलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा तथा राष्ट्रिय खेलकुद परीषदका सदस्य सचिव केशवकुमार विष्टले स्वागत गरे ।

खेलाडीलाई स्वागत गर्न सयौँ समर्थकहरु विमानस्थल पुगेका थिए । उनीहरुले क्रिकेट टिमको प्रसंसा गर्दै नाराबाजी समेत गरे । आईसीसी छनौटको समूह चरणमा हङकङलाई पराजित गरेको नेपालले प्ले अफमा पपुवा न्युगिनीलाई पराजित गर्दै एकदिवसीय मान्यता पाएको हाे । अन्तराष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्षपछि क्रिकेटले हात पारेको यो सबैभन्दा ठूलो सफलता हो ।

कुल १० राष्ट्र सहभागी विश्वकप छनोटमा नेपाली टोलीले आठौं स्थान सुरक्षित गरेको छ ।  एकदिवसीय मान्यता पाएसँगै नेपालले थुप्रै अवसर पाउनेछ । आईसीसीबाट पाउँदै गरेको आर्थिक तथा अन्य सुविधामा उच्च वृद्धि हुनेछ भने नेपालले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप, इन्टर कन्टिनेन्टल कप जस्ता उच्च श्रेणीको क्रिकेट खेल्ने अवसर पाउने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);