सागमा दोहोरो स्वर्ण जित्ने मण्डेकाजी श्रेष्ठ सम्मानित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सागमा दोहोरो स्वर्ण जित्ने मण्डेकाजी श्रेष्ठ सम्मानित

mande-kaji-shrestha

काठमाडौं, १५ साउन । गत मंसिरमा नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद सागमा करातेको कातातर्फ २ वटा स्वर्ण पदक जितेका मण्डेकाजी श्रेष्ठ नगदसहित सम्मानित भएका छन् ।

एकल र टिम कातामा स्वर्ण जितेका मण्डेकाजी बिहीबार नगद ५ लाखसहित सम्मानित भएका हुन् । ललितपुरमा आयोजित एक कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका नेता रमेश आचार्यले उनलाई नगद हस्तान्तरण गर्नुभएको हो ।

मण्डेकाजीलाई धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दिपक खतिवडाको समन्वय तथा करातेका पूर्व राष्ट्रिय खेलाडी रवि महर्जनको व्यवस्थापनमा सम्मान गरिएको हो ।

कार्यक्रममा गजुरियो करातेका केन्द्रीय कोषाध्यक्ष एवं मदन भण्डारी स्पोर्ट्स एकेडेमी धादिङका अध्यक्ष रमेश अधिकारी, नारायणी स्टिलका सीईओ रोसिद उनिथान र स्थानीय समाजसेवी युनुस डंगोलको सहभागिता रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);