सन्दीपको मुद्दा न्यायाधीश फुयालको इजलासमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सन्दीपको मुद्दा न्यायाधीश फुयालको इजलासमा

काठमाडौं, २० माघ । नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध परेको रिटको आज सुनुवाइ हुँदैछ । नाबालिग बलात्कारको आरोप लागेका लामिछानेविरुद्ध परेको मुद्दा आज न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको छ ।

पुर्पक्षका लागि प्रहरीको हिरासतमा रहेका लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेश बदर माग गर्दै महान्यायाधीवक्ता कार्यालयले सर्वोच्चमा मुद्दा दायर गरेको थियो । सोही मुद्दाको आज सुनुवाइ हुने भएको हो ।

लामिछानेलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने कार्यालयको भनाइ छ । उच्च अदालतको आदेशपछि लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले गरेको निलम्बन फुकुवा गरेको छ । क्यानले उनलाई क्रिकेट मैदानमा ल्याउने तयारी गरिरहेको बेला सर्वोच्चमा पहिलो सुनुवाइ हुन लागेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);