सन्दीपविरुद्ध सर्वोच्चमा पहिलो सुनुवाइ आज हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

सन्दीपविरुद्ध सर्वोच्चमा पहिलो सुनुवाइ आज हुँदै

काठमाडौं, २० माघ । नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध परेको रिटको आज सुनुवाइ हुने भएको छ । नाबालिग बलात्कारको आरोप लागेका लामिछानेविरुद्ध परेको मुद्दाको पहिलो सुनुवाई आज हुन लागेको हो ।

पुर्पक्षका लागि प्रहरीको हिरासतमा रहेका लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेश बदर माग गर्दै महान्यायाधीवक्ता कार्यालयले सर्वोच्चमा मुद्दा दायर गरेको थियो । सोही मुद्दाको आज सुनुवाइ हुने भएको हो ।

लामिछानेलाई थुनामै राखेर मुद्दाको पुुर्पक्ष गर्नुपर्ने कार्यालयको भनाइ छ । उच्च अदालतको आदेशपछि लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले गरेको निलम्बन फुकुवा गरेको छ । क्यानले उनलाई क्रिकेट मैदानमा ल्याउने तयारी गरिरहेको बेला सर्वोच्चमा पहिलो सुनुवाइ हुन लागेको हो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);