सन्दीपको मुद्दाको आज पनि सुनुवाइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सन्दीपको मुद्दाको आज पनि सुनुवाइ

sandeep-lamichhane

काठमाडौं, १५ फागुन । आइतबार न्यायाधीश द्धय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा परेको क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ । आइतबार सन्दीपको मुद्दा हेर्दाहेर्दैमा परेकोले आज पनि सोही इजलासमा सुनुुवाइ हुने भएको हो । सन्दीपको वकिलहरुको माग अनुसार आइतबार बन्द इजलासमा सुनुवाइ गरिएको हो ।

जसमा सरकारी वकिल र सन्दीप पक्षका वकिलहरु मात्र सहभागी छन् । हिजोको बहसमा महान्यायाधीवक्ता कार्यालयका सहन्यायाधिवक्ता द्धय सन्जीव रेग्मी र सोमकान्त भण्डारीले बहस गरेका थिए । उनीहरुले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने माग गरेका थिए ।

लामिछानेले विदेश जान रोक लगाउने निर्णय गरेको उच्च अदालत पाटनको आदेशको बिरुद्धमा क्रिकेट खेल्नका लागि विदेश जान पाउनुपर्ने माग राख्दै दायर गरेको मुद्दाको अन्तिम फैसला आज हुँदैछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);