भिजिट भिषामा दुुबई पुगेकी किशोरी पाँच लाखमा विक्रि, गिरोह पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भिजिट भिषामा दुुबई पुगेकी किशोरी पाँच लाखमा विक्रि, गिरोह पक्राउ

काठमाडौं, २० माघ । नेपालबाट भिजिट भिषामा दुबई पुगेकी एक किशोरी बेचबिखनमा परेकी छिन् । मानव बेचबिखन गिरोहले १९ वर्षीया युवतीलाई पाँच लाख रुपैयाँमा विक्रि गरेको खुलासा भएको छ । बिक्रि भएपछि कुवेतमा युवतीलाई यौनजन्य क्रियाकलापसँगै श्रम शोषणमा परेको सुचना पाएलगत्तै कुवेतस्थित नेपाली दुतावासले उद्धार गरी नेपाल पठाएको छ ।

उनीसँगै अन्य १२ युवतीको पनि उद्धारको प्रयास भइरहेको छ । ती युवती गत मंसिर २६ गते भिजिट भिसाबाट दुबई पुगेकी थिइन् । उनलाई कुवेत, इजिप्ट, इरान, सिरीयालगायतका मुलुकमा पुर्याई जनही पाँच लाख रुपैयाँमा विक्रि गरिएको खुलेको हो ।

वेचविखनमा सम्लग्न उदयपुरका लालबहादुर मगर र फाकफोकथुमका डम्बरबहादुर दर्लामीलाई मानव बेचबिखन अनुुसन्धान ब्युरोले काठमाडौंबाट पक्राउ परेका छन् । बेचबिखनमा परेपछि किशोरीहरु निरन्तर यौनशोषण तथा चर्को श्रम शोषणमा पर्ने गरेका छन् । उनले आफूलाई धेरै काम लगाएको र कुटपिट समेत गरेको बताएकी छिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);