नेपालको पानीको श्रोतलाई संरक्षण गर्न सरकारले अहिले नै ध्यान दिनुपर्नेमा जोड | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेपालको पानीको श्रोतलाई संरक्षण गर्न सरकारले अहिले नै ध्यान दिनुपर्नेमा जोड

काठमाडौं, १६ पुष । नेपालको पानीको श्रोतलाई संरक्षण गर्न नेपाल सरकारले अहिले नै ध्यान दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

बिहीबार काठमाडौंमा भएको दक्षिण एशियाको जलश्रोत र नेपाल दृष्टि बारे अन्तरक्रियामा सहभागी वक्ताहरुले पानीको उपयोगको प्राथमिकता बताउँदै श्रोत संरक्षण गर्न आवश्यक भएको बताएका हुन् ।

नेपाल सरकारका पूर्वमुख्य सचिव लिलामणि पौडेलले नेपालको जलश्रोतलाई विद्युत उत्पादनमा मात्रै जोड दिनु भन्दा खानेपानी, सिँचाई लगायतको क्षेत्रमा उपयोग गर्नका लागि सबैभन्दा पहिला श्रोत सुनिश्चितता गर्नुपर्ने बताउनुभयो ।

अन्तरक्रियामा जलश्रोत विज्ञ दीपक ज्ञवालीले पानीको श्रोतमानै संरक्षण र व्यवस्थापन गर्न नसके नेपालले भविश्यमा ठूलो क्षति व्यहोर्नुपर्ने बताउनुभयो पानीलाई विद्युत बाहेकका अन्य क्षेत्रमा समेत उपयोग गर्न सकेमा अधिकतम लाभ लिन सकिने विज्ञहरुको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);