विभिन्न कार्यक्रम गरी विश्व पानी दिवस मनाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विभिन्न कार्यक्रम गरी विश्व पानी दिवस मनाइयो

अन्जना तिमलसिना
काठमाडौं, ८ चैत । आज मार्च २२ अर्थात विश्व पानी दिवस, नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइयो । पानीका लागि प्रकृति भन्ने नारासहित विश्व पानी दिवस मनाइरहँदा पानीको मुहान भने सुक्दै गएको छ । जसका कारण खानेपानी समस्या देखि सिंचाइसमेत प्रभावित हुँदा उत्पादनमा कमी आएको छ ।

मानव शरीर तथा प्रकृतिको लागी अत्यन्त आवश्यक पर्ने वस्तु हो पानी । शुद्घ पिउने पानीको समस्या अहिले विश्वको लागी नै चुनौती बनेको छ । हरेक बर्ष औपचारिक कार्यक्रम गरी पानी दिवस मनाइए पनि पानीको स्रोतको संरक्षणमा भने खासै चासो देखाएको पाँइदैन । दिवसको अवसरमा हुने प्रभातफेरी र तारे होटलमा हुने सेमिनारले मात्र पानिको स्रोत संरक्षण हुन सम्भव छैन ।

जलस्रोतको दृष्टिकोणले विश्वमा दोस्रो ठूलो धनी देश भनिएपनि नेपालमा खानेपानी र सिंचाइका लागि पानीको समस्या चुलिँदो छ । पानीको स्रोत सुक्दै जानु, जलवायु परिवर्तन जस्ता कारण पानीको समस्या यथावत रहेको सरोकारहरुको भनाइ छ ।

सरकारले सन् २०१७ भित्रै काठमाडौं उपत्यकाको घर–घरमा मेलम्चीको पानी वितरण गर्ने भनेता पनि अझै आयोजनाको काम सम्पन्न हुनसकेको छैन् । नेपालको राजधानी शहर काठमाडौंबासी लामोसमयदेखि खानेपानी समस्या झेल्दै आएका छन् ।

त्यसो त नवनियुक्त खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले आगामी दशैंभित्रै मेलम्चीको पानी वितरण हुने दाबी गर्नुभएको छ । मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले पनि मेलम्ची खानेपानी आयोजनको अधिकांश काम सकिएको भन्दै २-३ महिना भित्रमा काठमाडौंको घरघरमा पानी वितरण हुने बताउनुभयो । उहाँले खानेपानी समस्या समाधानका लागि सरकारले विभिन्न योजना ल्याउन लागेको जानकारीसमेत दिए ।

खानेपनी समस्या समाधानका लागि विभिन्न अयोजनामा लगानी गरेता पनि समयमा काम सम्पन्न हुननसक्दा समस्या विद्यमान नै छ । साथै सिंचाई अभावमा हजारौं हेक्टर जमिन बाँझै छ । तसर्थ पानीको समस्या समाधान गर्न सरकारले बेलैमा योजना बनाएर काम गर्न जरुरी छ । साथै पानीको स्रोतको संरक्षण गर्न सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);