उदयपुरको मैनामैनीमा खानेपानीको हाहाकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

उदयपुरको मैनामैनीमा खानेपानीको हाहाकार

गोपाल पोखरेल
उदयपुर, ८ चैत । आज विश्व पानी दिवस मनाइरहँदा उदयपुर जिल्लाको बेलका नगरपालिका–७ मैनामैनीमा खानेपानीको हाहाकार छ । पुरातात्विक दृष्टिकोणले समेत महत्वपूर्ण मानिएको र प्रसिद्ध तीर्थस्थल बराह क्षेत्रसँग नजिकै रहेको भएपनि मैनामैनीमा भरपर्दो खानेपानीको व्यवस्थापन हुन नसक्दा बर्षौदेखि यस क्षेत्रका बासिन्दा खानेपानीको समस्या झेल्दै आएका छन् ।

झण्डै २० बर्ष अघिसम्म पानीको सहजता हुँदै आएकोमा पछिल्लो समय पानीको स्रोत सुक्दै जाँदा अहिले विकराल समस्या भएको स्थानीय वताउँछन् । पानी नहुँदा सर्वसाधारणको दैनिकीसमेत प्रभावित भएको छ । यस क्षेत्रका लागि पानीको भूमिगत स्रोत नभएको र नजिकै पानीको मुहान नहुँदा समस्या भएको हो । नजिकैको कुवा धारा सुकेपछि अहिले त्यहाँ बसोबास गरिरहेका परिवारले पानीका लागि दैनिक २ देखि ३ घन्टा घण्टा खर्चिनु पर्ने वाध्यता छ ।

पछिल्लो समय पानी अभावकै कारण सय बढी परिवार बसाईसराई गरेर सप्तकोसी पुलको आसपास र सुनसरीतर्फ लागेका छन् । एक गाग्रो पानीका लागि जाँदा र आउँदा उनीहरुलाई दुई घण्टा लाग्छ । पानीको जोहो गर्दा गर्दै बिहान बित्ने र दिउँसो मात्रै अन्य काम गर्नु पर्ने बाध्यता छ । शौचालय प्रयोग गर्नेदेखि व्यक्तिगत सरसफाइका लागि पानीको अभाव भएको छ ।

खानेपानी, बिजुली, सडकलागायतका पूर्वाधार नै नभई नगरबासी बनेका मैनामैनीका स्थानीयलाई गाउँभन्दा तल अनवरत बगिरहेको सप्तकोसी नदीले गिज्याएको अभाष हुन थालेको छ । सप्तकोसीमा बगेको पानी घरबाट हेरेर पानीको धित मार्नु पर्ने उनीहरुको बाध्यताको अन्त्य हुन जरुरी छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);