निर्माण व्यवसायीले गरेका उपेक्षा टुलुटुलु हेरेर बस्न सक्दिनँ, आवश्यक कारबाहीको प्रक्रियामा जान्छुः मन्त्री श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

निर्माण व्यवसायीले गरेका उपेक्षा टुलुटुलु हेरेर बस्न सक्दिनँ, आवश्यक कारबाहीको प्रक्रियामा जान्छुः मन्त्री श्रेष्ठ

narayan kaji sherestha

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रलाई नोक्शान हुनेगरी निर्माण व्यवसायीले गरेका कामको उपेक्षालाई टुलुटुलु हेरेर नबस्ने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४ औँ साधारण सभा समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले निर्माण व्यवसायीहरुले जिम्मा लिएको काम समयमै सम्पन्न नगर्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले निर्माण व्यवसायीहरुले सम्झौता अनुरुपको काम नगरेर उपेक्षा गरेका छन् भने आफू टुलुटुलु हेरेर नबस्ने चेतावनी दिनुभयो । उहाँले काममा उपेक्षा भएमा आवश्यक कारबाही गरिने बताउनु भयो । मन्त्री श्रेष्ठले समयमै निर्माण सम्पन्न नगर्ने कम्पनीहरुसँग ठेक्का रद्द गर्नसक्ने तर्फपनि सचेत गराउनु भयो । उहाँले निर्माण व्यवसायीलाई परेको समस्या समाधानका लागि आफु जुन कुनै मन्त्रालयसँग समन्वय गर्ने भन्दै निर्माण व्यवसायीहरुले पनि जिम्मा लिएको काम सम्झौता अनुरुप समयमै पूरा गर्ने संकल्प गर्नुपर्ने बताउनु भयो ।

उहाँले भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु, पुँजीगत खर्चको वृद्धि र व्यापार घाटा न्युनिकरण गर्नु सरकारको कार्यभार रहेको बताउनु भयो । उहाँले निर्माण व्यवसायीहरुलाई आफ्नो निवासमा नभेट्ने भन्दै कसैको उपेक्षा नगरेको बताउनु भयो । उहाँले व्यवसायीहरुसँग मन्त्रालयमा सामुहिक रुपमा मात्रै भेट्ने गरेको स्पष्ट पार्नुभयो । मन्त्री र निर्माण व्यवसायीहरु मिलेर काम गर्नुपर्ने तर मिलेमतो गर्नु नहुने उहाँले बताउनु भयो । मन्त्री श्रेष्ठले आफुले कुनैपनि निर्माण व्यवसायी तथा पुँजीपतिहरुसँग आजसम्म दैनिक जीवन चलाउन र चुनावी खर्च समेत नलिएको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);