नेपालमा पहिलो पटक बर्ड फ्लुबाट मानिसको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपालमा पहिलो पटक बर्ड फ्लुबाट मानिसको मृत्यु

bird-flu

काठमाडौं, १९ बैशाख । कुखुरालगायत पंक्षीमा देखिएको बर्ड फ्लु संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काभ्रेका २१ वर्षीय एक युवकको बर्ड फ्लु (एच फाइभ एन वान) बाट ज्यान गएको हो ।

गत चैत १० मा ज्वरो र खोकी लागेर अस्पताल पुगेका उनलाई इन्फ्लुएन्जाको औषधि दिइएको थियो । उनको श्वासप्रश्वासमा समस्या देखिएर चैत १५ गते मृत्यु भएको थियो । मृतकको नाम भने खुलाइएको छैन ।ती युवकको र्‍याल परीक्षण पछि बर्ड फ्लु भएको पुष्टि भएको हो । नेपालमा बर्ड फ्लुबाट मानिसको मृत्यु भएको यो पहिलो घटना हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);