चितवनको खैरहनीमा बर्ड फ्लू भेटियो | ईमाउण्टेन समाचार

Our Network

साउन १९ २०८३, बुधवार

चितवनको खैरहनीमा बर्ड फ्लू भेटियो

चितवन, ४ जेठ । चितवनको खैरहनीमा बर्ड फ्लू देखिएको पुष्टि भएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्बर ९ मा दुई जना किसानको खोरमा कुखुराको नमूना परिक्षण गर्दा बर्ड फ्लू भएको पुष्टि भएको हो ।

स्थानीय राजन चौंधरी र लक्ष्मण चौंधरीको खोरका करिव २५ सय कुखुरामा बर्ड फ्लूको संक्रमण भएको पुष्टि भएपछि त्यस क्षेत्रमा क्षतिपूर्तिसहित कुखुरा नष्ट गर्ने काम सुरु गरिएको राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक डा. दयाराम चापागाँईले जानकारी दिए ।

स्थानीय राजन चौधरी र लक्ष्मण चौधरीको कुखुराको खोरमा बैशाख १५ गते कुखुरा मरेका थिए । मरेका कुखुराको नमूना परिक्षण गर्दा बर्ड फ्लू भएको विहिबार मात्रै पुष्टि भएको हो ।

शुक्रबारदेखि सो क्षेत्रको कुखुरा नष्ट गर्न थालिएको छ । दैवी प्रकोप ऐन अनुसार बर्ड फ्लू पुष्टि भएको ठाउँको कुखुरा क्षतिपूर्तिसहित नष्ट गर्ने कानुनी व्यवस्था छ ।

ताजा समाचार