खरबुजा खेतीबाट १ लाखसम्म आम्दानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

खरबुजा खेतीबाट १ लाखसम्म आम्दानी

tarbuja

शम्भु माली
कपिलवस्तु, ५ जेठ
। कपिलवस्तुका कृषकको आम्दानीको स्रोत खरबुजा र तरबुजा बनेको छ । बुद्धुभुमी नगरपालिका– ९ धनकौलीका कृषकहरुले खरबुजा र तरबुजा खेतीबाट राम्रो आम्दानी गर्न सफल भएका छन् ।

कपिलवस्तुको बुद्धुभुमी नगरपालिका– ९ धनकौलीका कृषकहरुले खरबुजा खेतीबाट राम्रो आम्दानी गर्न सफल भएका हुन् । कृषकहरुले बाणगंगा नदीको किनारमा लगाएको खरबुजा खेतीबाट सिजनमा ५० हजार देखि १ लाखसम्म आम्दानी गर्ने गरेका छन् । यो बर्ष उत्पादन धेरै भएकोले गत बर्षको तुलनामा खरबुजाको मुल्य घटेको छ । गत बर्ष १५ देखि २० रुपैयाँ प्रति किलो खरबुजा बेचेका कृषकले यो बर्ष १० रुपैयाँमा बिक्री गर्न बाध्य भएका छन् ।

खरबुजा खरिद गर्न बुटबल, भैरहवा, अर्घाखाची सम्मका ब्यापारीहरु खेतमै पुग्ने गरेका छन् । कपिलवस्तुमा ६५ हेक्टरमा खरबुजा र तरबुजा खेती हुने गरेको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ । कार्यालय अनुसार यो बर्ष १३ सय मेट्रक टन तरबुजा उत्पादन भएको छ ।

कृषकहरुले खरबुजाको माग धेरै भएपनि मूल्य कम भएको गुनासो गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);