खर्बुजा खानुका ८ रोचक फाइदाहरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

खर्बुजा खानुका ८ रोचक फाइदाहरु

काठमाडौं । अहिले गर्मीयाम चलिरहेको छ । यस्तो समयमा हामी शीतल हुनका लागि स्विमिङ जानुका साथै चिसो पेयपदार्थ तथा आइसक्रिम खाने गर्दछौं । तर चिसो पेयपदार्थ तथा आइसक्रिम खाँदा रमाइलो भए पनि यसले हाम्रो स्वास्थ्यमा नकरात्मक प्रभाव पारिरहेको हुन्छ ।

यस्तो अवस्थामा गर्मी पनि छल्न र स्वास्थ्यको पनि ख्याल राख्न खर्बुजा उपयुक्त हुन्छ । अहिलेको समयमा खर्बुजा सजिलै पाउन पनि सकिन्छ भने अन्य फलफुलको तुलनामा सस्तो पनि छ ।

यसले हाम्रो शरिरमा विभिन्न फाइदा पनि पु¥याउँछ । यी हुन् खर्बुजा खानुका केही विशेष फाइदाहरु :

१. पानीको मात्रा अत्याधिक धेरै

खादाँ गुलियो र मीठो स्वादको खर्बुजामा ९० प्रतिशत पानी हुन्छ । यदि तपाई ती व्यक्तिहरुमध्ये हुनु हुन्छ जो दिनमा कम्तीमा ८ गिलास पानी खान सक्नु हुन्न भने तपाईको शरिरमा आवश्यक पानीको मात्रा पु¥याउन खर्बुजा उपयुक्त माध्यम हुन सक्दछ । विशेषगरी गर्मीको समयमा हाम्रो शरिरलाई हाईड्रेटेड राख्न एकदम जरुरी हुन्छ । त्यसैले खर्बुजा खाउँ र शरिरलाई हाईड्रेटेड राखौँ ।

२. कम क्यालोरी

खर्बुजामा निकै कम मात्र क्यालोरी हुने गर्दछ । जति नै गुलियो भएपनि प्रति कप खर्बुजामा जम्मा ४६ क्यालोरिज मात्र हुने गर्दछ । हामीले अरु गुलियो खाँदा जस्तो खर्बुजा खाँदा धेरै क्यालोरिज पाईरहेका हुँदैनौँ । खर्बुजालाई हामी सलादको रुपमा पनि प्रयोग गर्न सक्छौँ । भने खाजाका रुपमा पनि खान सक्दछौँ जसले वजन घटाउने प्रक्रियामा रहेकाहरुलाई मदत गर्दछ ।

३. यसका धेरै प्रकारहरु

खर्बुजाका धेरै प्रकारहरु छन् । खर्बुजाका बियाँ भएको तथा नभएको, साना तथा ठूला, त्यसैगरी साधारतया पाइने रातोका साथै गुलाबी तथा पहेँलो रङको पनि खर्बुजा पाइन्छ । फरक प्रकारका खर्बुजाको स्वाद पनि केही फरक हुने गर्दछ । जसले गर्दा खर्बुजा कै पनि विभिन्न स्वाद लिएर रमाउन सकिन्छ ।

४. भरपुर एन्टिअक्सिडेन्ट

खर्बुजामा लाइकोपीन नाम एक बलियो एन्टिअक्सिडेन्ट पाइन्छ , जसले फलफूल तथा तरकारीलाई रातो बनाउने काम गर्छ । यस लाइकोपीन पदार्थले हाम्रो मुटुलाई स्वस्थ बनाउनुका साथै घामले डढेका छालाका लागि पनि राम्रो गर्छ । यस पदार्थले क्यान्सरबाट बच्न पनि मदत पु¥याउँदछ । गोलभेडामा पनि भरपुर मात्रामा लाइकोपीन पदार्थ पाइन्छ तर खर्बुजामा गोलभेडामा भन्दा पनि धेरै पाइन्छ ।

५. मांसपेशी दुखाईबाट छुट्कारा

खर्बुजामा एल–कर्टुलीन नामक एक प्रकारको एमिनो एसिड पाइन्छ जसले शरिरका मांसपेशी दुखाई तथा पीडाबाट छुट्कारा दिन मदत गर्छ । यदि तपाई लडेर या केही काम गर्दा या व्यायाम गर्दा मांसपेशीमा पीडा भएको छ भने छुट्काराका लागि खर्बुजाको सहायता लिन सकिन्छ ।

६. आँखालाई स्वस्थ राख्न मदत गर्छ

खर्बुजामा भिटामिन ए भरपुर मात्रामा पाइन्छ, जुन हाम्रो आँखा स्वस्थ राख्नका लागि महत्वपुर्ण छ । त्यसैले दिनको एक कप खर्बुजा खाएमा वास्तवमा नै यसले आँखा स्वास्थ बनाउँदछ । यो विशेषगरी दिनभर कम्प्युटर तथा ल्यापटप स्क्रिनमा हेरेर काम गर्नेहरुका लागि फलदायी छ ।

७. पाचन प्रणालीका लागि उत्तम

हामीमध्ये कोही पनि पाचन प्रणाली सम्बन्धी समस्या भोग्न चाहँदैनौं र खर्बुजाले यस समस्या समाधानका लागि फलदायी रहेको छ । खर्बुजामा भएको अत्याधिक पानीको मात्राले पाचन प्रणालीलाई स्वस्थ रुपमा सुचारु गर्न मदत गर्छ ।

८. छाला र कपालका लागि राम्रो

खर्बुजामा पर्याप्त मात्रामा पानी, भिटामिन ए तथा भिटामिन सी पाइने भएकाले यसले हाम्रो छाला तथा कपालको लागि पनि राम्रो गर्छ । भिटामिन सी ले तपाईको कपाल बलियो र चम्किलो बनाउन मदत गर्छ । यी भिटामिनहरुले तपाईको छालालाई जवान देखाउन पनि महत्वपुर्ण भूमिका निर्वाह गर्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);