कञ्चनपुरकी कबिता बुढाको मृत्य झन रहस्यमय | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

कञ्चनपुरकी कबिता बुढाको मृत्य झन रहस्यमय

पुस्कर भट्ट
कञ्चनपुर, २५ भदौ । निर्मला पन्तको हत्याको प्रकरण सेलाउन नपाउँदै कञ्चनपुरकै दोधारामा अर्की एक युवतीको मृत्य रहस्यमयी बनेको छ । भदौ १३ गते आफ्नै घरमा मृत अवस्थामा भेटिएकी कबिता बुढा ठगुन्नाको मृत्य झन रहस्यमय बनेको हो ।

स्थानियले कविता वुढा ठगुन्नाको सत्यतथ्य बाहिर ल्याउन माग गर्दै आईतवार महाकाली नगरपालिकाको कार्यालय अगाडी धर्ना दिएका छन् । घटना भएको १२ दिन भईसक्दा पनि सत्यतथ्य बाहिर नआएको भन्दै आफन्तहरुले कार्यालय अगाडी धर्ना दिएका हुन् ।

आफन्तहरुले कविताले आत्महत्या गर्नूपर्ने कुनै कारण नभएको र उनको हत्या गरिएको दावी समेत गरेको छन् । उनीहरुले कविता मृत अवस्था भेटिएपछि माईती पक्षलाई कुनै खबर नै नगरी शव उठाउने प्रयास गरिनुले घटना थप शंकास्पद भएको माईती पक्षको आरोप छ ।

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले स्थानीय स्वास्थ्य केन्द्रमा गरिएको पोष्टमार्टमा शंकास्पद देखिएपछि पुन पोष्टमार्टमा लागि काठमाडौं पठाएको छ । त्यहाँबाट रिपोर्ट आएपछि सत्यतथ्य वाहिर आउने प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले बताए ।

उनले अहिले अनुसन्धानका लागि परिवारका केही सदस्यलाई प्रक्राउ गरेको बताए । कविताले गत बैशाख १० गते महाकाली नगरपालिका ७ का बिनोद ठगुन्नासँग भागेर विवाह गरेकी थिईन ।

फेन्सी पसल संचालन गर्दै आएकी कविताको १३ गते वेलुका ८ बजेतिर आफु्नै कोठामा शव भेटिएको थियो । उनको शव छेउमै कपालको सानो गुजुल्टो समेत भेटिएको माईती पक्षको आरोप छ ।

घटना भएका वेला मृतक कबिताका श्रीमान बिनोद ठगुन्ना बुटवलको एक सुधार गृहमा थिए । कविता आफ्ना सासु, ससुरासँग बस्दै आएकी थिइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);