उपभोक्ता संरक्षण सम्बन्धी विधेयक, २०७५ मान्य नहुने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

उपभोक्ता संरक्षण सम्बन्धी विधेयक, २०७५ मान्य नहुने चेतावनी

kanun

काठमाडौं, २५ भदौ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले उद्योगीहरुलाई जेल सजाय दिने कानुनी व्यवस्था गरिएको सो विधेयक मान्य नहुने चेतावनी दिएका छन् ।

सोमबार प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विधेयकमाथि गरेको छलफलमा भाग लिँदै उनले उद्योगीहरुले गल्ती गरे आर्थिक सजाय दिने व्यवस्था सो विधेयकमा गर्न पनि समितिको गम्भिर ध्यानाकर्षण गराए ।

महासंघका केन्द्रिय सदस्य दिनेश श्रेष्ठले लोकतान्त्रिक व्यवस्था सुहाउँदो पनि नभएकाले सो विधेयक पुनर्लेखन गर्नुपर्ने माग गरे । उनले सो विधेयक कानुनको रुपमा आए त्यसले मुलुकको उद्योगलाई समाप्त पार्ने तर्फसरकारको ध्यानाकर्षण गराए ।

विधेयकमा गुणस्तरीय बस्तु उत्पादन नगर्ने उद्योगीलाई जेल सजाय दिने, ठूलै क्षतिपूर्ति लिने प्रावधान राखिएको छ । सो प्रावधानले उद्योगधन्दा समाप्त हुने उद्योगीहरुको दावी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);