मालती कोइरी बिगत १५ महिनादेखि बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मालती कोइरी बिगत १५ महिनादेखि बेपत्ता

नवलपरासी, १७ चैत । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न ७ गुठी सुर्यपुराकी मालती कोइरी बिगत १५ महिनायता बेपत्ता छिन् । बेपत्ता भएको यति लामो समय भैसक्दा पनि प्रहरीले अहिले सम्म केहि तथ्य बाहिर ल्याउन सकेको छैन् ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ७ गुठि सुर्यपुराकी मालती काईरी २०७६ पुष १८ गते बाट हरायकी छन् । हरायको १५ महिना भैसक्दा पनि अहिले सम्म पुलिसले कुनै कुरा पत्ता लगाउन सकेको छैन ।

मालतीका माईती पक्षले उनकै श्रीमान दिपेन्द्र वर्मासङ्ग र उनको परिवारले हत्या गरेर गायव बनाएको आरोप लगाएर प्रहरीमा उजुरी दिएको भए पनि अहिले सम्म घटना रहस्यमयनै छ ।

मालतीका श्रीमान शिक्षण पेशामा बाहिर नै रहेको र बिदामा घर फर्कने दिन देखि नै छोरी मालती बेपत्ता भएको परिवारले बताएको छ ।

मालतीका श्रीमान दिपेन्द्रका परीवारले भने मालतीले घर नजिकै रहेको गण्डक नहरमा हाम फालेर बेपत्ता भएको प्रहरी समक्ष बयान दिएका थिए ।

मालतीको अवस्थाबारे खोजतलास र अनुसन्धान जारी नै रहेको प्रहरीले जनाएको छ । मालतीको कोठामा भेटिएको रगत तथा अन्य सामाग्रीहरुको बैज्ञानिक परिक्षण, (पोलिग्राफि टेस्ट) लगाएतका अनुसन्धान र परिक्षणबाट अहिलेसम्म हत्या नै गरेको भन्ने कुनै प्रमाण फेला नपरेको प्रहरीले बताएको छ ।

घटना घटेको १५ महिना बिति सक्दा पनी कुनै तथ्य बाहिर नआउनुले कतै घटना रहस्यको गर्ममै रहनेहोकी भन्ने चिन्तामा मालतिका माईति पक्षका परिवारजन परेका छन् ।

घरेलु हिंसाका कारण अकालमा ज्यान गुमाउनेको संख्या पछिल्ला दिनमा बढ्दै गएको छ ।

यस तर्फ सम्बन्धित निकायले गम्भिर ध्यान पु¥याउनु आवश्यक छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);