रुपन्देहीमा महिलाको शंकास्पद हत्या, प्रहरीले जाहेरी दर्ता गर्न मानेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रुपन्देहीमा महिलाको शंकास्पद हत्या, प्रहरीले जाहेरी दर्ता गर्न मानेन

बिमल क्षेत्री
रुपन्देही । रुपन्देहीको तिलोत्तमामा महिलाको शंकास्पद हत्या भएको छ । तिलोत्तमा ८, मणिग्राममा चार नम्बरमा २ वर्षअघि विवाह भएकी सीता भण्डारी पौडेलको भदौ १९ गते राती हत्या गएको महिलाका माइतीले दाबी गरेका छन् ।

बुटवलमा पत्रकार सम्मेलन गर्दै मृतक २७ वर्षिय महिला सीता भण्डारीका बुबा हरिप्रसाद भण्डारीले छोरीका परिवारको योजनामा आफ्नो छोरीले ज्यान गुमाउनु परेको बताए । उनका ज्वाइ ४३ बर्षका टीका पौडेलले पाल्पामा दरबार रिसोर्ट संचालन गरेको बताइएको छ । हरिप्रसादले ज्वाइ टीकाको परिवारले योजनाबद्ध हत्या गरेको आरोप लगाएका छन् ।

भदौ १९ गते रातिको घटना माईती पक्षलाई २० गते बिहान साढे ५ बजेमात्रै जानकारी दिइएको थियो । ती युवतीले आफैले आत्महत्या गरेको मृतक महिलाका घर परिवारको दाबी छ ।

माईती पक्षले सो घटनाबारेमा इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेर दिएपनि पीडित पक्षको जाहेरी प्रहरीले दर्ता गरेको छैन ।

मृतकको शव बुटवलको प्रादेशिक अस्पतालमा पोष्टमार्टम गरिएको छ । तर आफन्तले शव बुझ्न मानेका छैनन । रकमको लेनदेनले गलत पोष्टमार्टम रिपोर्ट दिइएको महिलाका माइती पक्षले दाबी गरेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);