पैसाको लागि ९० वर्षीया महिलाको ढुंगाले हिर्काई हत्या | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पैसाको लागि ९० वर्षीया महिलाको ढुंगाले हिर्काई हत्या

hatya-murder

काठमाडौं,२ पुस । ९० वर्षीया महिलाको हत्या गरेको अभियोगमा एक पुुरुष पक्राउ परेका छन । तारकेश्वर नगरपालिका ६ पुशल बस्ने ९० वर्षीया डिल्ली पुतुवारको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३९ वर्षीय नरेन्द्र शिवभक्तिलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

सोही नगरपालिका ३ पारीवनपाखा सामुदायिक वनको खोल्सामा मंसिर २२ गते डिल्ली पुतुवारको शंकास्पद अवस्थामा शव फेला परेको घटनाको अनुसन्धानको क्रममा नरेन्द्रको संलग्नता देखिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । राहत दिईरहेको ठाउँ चिसापानी चप्पल कारखानातर्फ लैजाने क्रममा नरेन्द्रले महिलाको साथमा रहेको पैसा लिने मनसायले उनलाई ढुंगाले हिर्काई हत्या गरेर साथमा रहेको करिब ५० हजार रुपैयाँ नगद लिएर शव खोल्सामा लुकाई घर फर्केको खुल्न आएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);