दिदीको घरमा आएका भाईको परिवारै मिलेर घाटी रेटी हत्या | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८०, शनिबार

दिदीको घरमा आएका भाईको परिवारै मिलेर घाटी रेटी हत्या

पर्सा । बहुदरमाई नगरपालिका–२ सिसियाडी बैरियाटोल बस्ने ४० वर्षीय राजेश रामको हत्यामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जगरनाथपुर गाउँपालिका–६ बस्ने ४५ वर्षीय हिरामन महरा, ३६ वर्षीय रामबालक महरा, ४० वर्षीया बसन्ती देवी, ३५ वर्षीया सुनिता देवी र २२ वर्षीया रिंकु देवी रहेका छन् ।

शनिबार बिहान जगरनाथपुर गाउँपालिका–६ स्थित नारा खोलाको खोल्सामा राजेशको शव फेला परेको थियो ।  उनीहरुमध्ये हिरामन, बसन्ती, सुनिता र रिंकुलाई शनिबार तथा रामबालकलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

जेठ २४ गते आफ्नै दिदीको घरमा आई बसेका राजेश रामलाई शनिबार राति  मृतकको भिनाजु हिरामन महरा समेत परिवारका ५ जना सदस्य मिली घाँटी कसेर हत्या गरी खोल्सामा शव फालेको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरुउपर ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको   छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);