छुट्टाछुटै स्थानमा तीन जना मृत अवस्थामा फेला | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

छुट्टाछुटै स्थानमा तीन जना मृत अवस्थामा फेला

काठमाडौं । कास्की, मोरङ र काभ्रेपलाञ्चोकमा तीन जना मृत अवस्थामा फेला परेका छन् । कास्कीको पोखरा महानगरपालिका–१३ स्थित दुई कुलोको मुहानमा सोही ठाउँ डेरा गरी बस्ने लमजुङ भोजे घर भएका ५७ वर्षीय लाल बहादुर गुरुङ आइतबार मृत अवस्थामा फेला परेका छन् ।

मोरङको सुनवर्षी नगरपालिका–३ सुरत बस्ने ४९ वर्षीय मङजोल भन्ने सिडो टुडु सोही नगरपालिका–४ स्थित खेतमा आइतबार मृत अवस्थामा फेला परेका छन् । काम गर्न भनी शनिबार उक्त खेतमा गएका उनी फर्कि नआएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ सौर्य बस्ने ५० वर्षीय शेर बहादुर घले आफ्नै घरबाट करिब एक सय मिटर टाढा रहेको सडकमा आइतबार मृत अवस्थामा फेला परेका छन् । घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);