बारामा १४ वर्षिय बालकको शव फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बारामा १४ वर्षिय बालकको शव फेला

श्याम गुप्ता
बारा , २८ फागुन ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० स्थित एक १४ वर्षिय बालकको शव कुहिएको अवस्थामा फेला परेको छ । फेला परेको शव स्थानीय सहिद हुसेन मिया अंसारीको हुँन सक्ने प्रहरीले अनुमान गरेको छ ।

बिहान खेतमा काम गर्न गएकाहरुका लागि खाना लिएर खेतमा जाने क्रममा एक स्थानीय महिलाले उक्त शवलाई देखेर गाउँलेहरुलाई जानकारी गराएका थिए ।

फुलबारीको छेउमा रहेको छाईंमा फालिएको अवस्था भेटिएको उक्त शव लगभग गलिसकेको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ बस्ने अंसारी फाल्गुन ११ गते देखि हराएको प्रहरीमा निवेदन परेको थियो । प्रहरीले खोज तलास गर्दै आएको तर , बालक फेला नपरेको र शुक्रवार बरामद गरिएको शव सो बालक कै हुँन सक्ने प्रहरीको अनुमान छ ।

प्रहरीले बालकले लगाएको कपडा र चपलबाट अंसारी नैं हुँन सक्ने अनुमान गरे पनि यस बारे थप अनुसन्धान नभए सम्म केहि भन्न नसकिने बाराका प्रहरी प्रवक्ता मिश्रले जानकारी दिए ।

सो घटना बारे थप अनुसन्धानका लागि कुकुरको प्रयोग गरिने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);