आफुनिकट सांसदहरुसँग छलफल गर्दै नेता नेपाल | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

आफुनिकट सांसदहरुसँग छलफल गर्दै नेता नेपाल

काठमाडौं, २ चैत । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आफूनिकट सांसदहरुसँग बैठक बसेको छ ।

सोमबार बानेश्वरस्थित अर्याल होटलमा जारी बैठकमा नेता माधव कुमार नेपालले पार्टी कार्यालय धुम्बाराहीमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटवार्ताको विषयमा जानकारी गराइने बताइएको छ ।

धुम्बाराहीमा भएको बैठकमा एमालेलाई सुदृढ बनाउँदै लाने विषयमा दुवै पक्षको सहमति भएको थियो ।

नेपाल पक्षले फागुन २८ को निर्णय फिर्ता लिन ओली पक्षलाई आग्रह गरेको थियो । ओली पक्षले भने सो निर्णय फिर्ता लिने कुनै संकेत देखाएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);