संयमतापूर्वक गरिने निर्णयले विवाद जन्माउँदैन (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

संयमतापूर्वक गरिने निर्णयले विवाद जन्माउँदैन (भिडियाेसहित)

नेपालमा कोरोना संक्रमण आए लगत्तै स्वास्थ्य मन्त्रालय र यसको नेतृत्व विवादमा आएको थियो । हुनतः स्वास्थ्य मन्त्रालय विवादमा आएको यो नै पहिलो पटक भने हैन । महामारी सुरु हुनासाथ हतार हतारमा गरिने राहतका निर्णय र औषधि उपचारको व्यवस्थापन सम्बन्धी निर्णयहरु बिगतमा पनि विवादमा पर्दै आएका हुन् । त्यसमाथि कोरोना नियन्त्रणका नाममा गत वर्ष स्वास्थ्य मन्त्रालयले स्थापित प्रक्रिया र प्रचलित नियम कानुनलाई नै लत्याएर पीसीआर परीक्षण उपकरण लगायतका कोरोना प्रतिरक्षात्मक सामाग्री खरिद गर्ने निर्णय नै विवादमा परेको थियो ।

तत्कालीन स्वास्थ्य मन्त्रालय नेतृत्वले प्रचलित व्यवस्थाकै प्रतिकूल हुने गरी हैसियत नै नपुग्ने एउटा नीजि कम्पनीसँग करोडौंको डिल गरेकोमा मन्त्रालय मात्रै हैन सिंगो सरकार र त्यसको नेतृत्वमाथि नै प्रश्न उठेका थिए । सम्बद्ध निकाय र व्यक्तिको त्यो प्रकरणमा ईमान्दार प्रयास रहेको हुनसक्दछ, तर तिनले गरेको हतार र निर्णयमा देखाएको आतुरताले नै प्रश्न उठ्ने वातावरण तयार गरिदिएको थियो । संकटमा धैर्य नगुमाई संयमतापूर्वक प्रयास गर्ने हो भने सफल होईन्छ भन्ने दृष्टान्त बनेको छ स्वास्थ मन्त्रालय र यसको नेतृत्व ।

पछिल्लो चरणमा त्यही स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस निरोधी खोप खरिद ग¥यो । त्यो पनि करोडमा हैन अर्ब रुपैयाँको बजेट खर्च गरेर । नेतृत्वमा बसेकाहरुमा निर्णयमा संयमता चाहिन्छ भन्ने कुराको उदाहरण बनेको छ, यतिबेलाको स्वास्थ्य मन्त्रालयको नेतृत्व । कोरोनाविरुद्धको खोप कोभिशिल्डको निर्माता सेरम इन्स्टिच्युटसँग प्रति डोज चार अमेरिकी डलरका दरले २० लाख डोज खोप खरिद गर्ने निर्णय मात्रै गरेन, पेश्कीका रुपमा सेरमलाई एक अर्ब रुपैयाँ नै पठायो स्वास्थ मन्त्रालयले ।

मन्त्रालयले खरिद गरेको उक्त खोपको पहिलो खेपका रुपमा १० लाख थान खोप आईसकेको छ भने, थप दशलाख थान खोप आउने क्रममै छ । यस्तै मन्त्रालय नेतृत्वले भारतसँग मात्रै हैन उत्तरी छिमेकी चीनसँग पनि नेपाललाई आबश्यक पर्ने थप कोरोनाविरुद्धको खोप ल्याउने तयारी गरिरहेको छ । नेतृत्वको असल गुण भनेकै संकटमा खेलेर फाईदा लुट्न खोज्ने विचौलियाहरुको पहुँच र प्रभाव कुनै पनि निर्णयमा पर्न नदिनु हो ।

जसको असर पछिल्लो पटकको निर्णय प्रक्रियामा देखियो पनि । कोरोनाको त्रासमा रहेका जनतालाई यो संकटको घडीमा राहत दिनका लागि स्वास्थ्य मन्त्रालयले विश्वमै माग बढिरहेको खोपलाई आम जनताका लागि सहज बनाई दिनु यसैपनि स्वास्थ्य मन्त्रालय र यसको नेतृत्व सामु चुनौतीपूर्ण थियो । तर, यी सबै चुनौतीका बावजुद, मन्त्रालयले अभावकै बीच पनि नेपाली जनतालाई खोप उपलब्ध गराएर सराहनीय काम गरेको छ ।

त्यसमाथि मन्त्रीले निर्णयमा कलम चोब्ना साथ कमिशनको कुरा उठ्ने नेपालमा भएको यो पछिल्लो निर्णय विवाद रहितहुनुले स्वास्थ्य मन्त्रालयले जनता प्रतिको ईमान्दारिता र जवाफदेहिता समेत झल्काएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);