बस्नेतको नेपाललाई सुझाव : पार्टी छोडेर जानुस् सम्मानजनक विदाई दिन्छौं | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

बस्नेतको नेपाललाई सुझाव : पार्टी छोडेर जानुस् सम्मानजनक विदाई दिन्छौं

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी छाड्न सुझाव दिएका छन् ।

मंगलबार राष्ट्रिय युवा संघ नेपाल अन्तरजिल्ला विशेष प्रदेश कमिटीको विस्तारित भेलालाई मंगलबार सम्बोधन गर्दै बस्नेतले नेता नेपाललाई पार्टी छोडेर जान सुझाव दिएका हुन् ।

बस्नेतले नेपालले पार्टी छोडेर गए सम्मानजन विदाई दिने समेत बताएका छन् । नेपालले एमाले छोडेमा उनको पुतला नजलाउने बस्नेतको तर्क छ ।

भेलालाई सम्बोधन गर्दै बस्नेतले एमालेमा बसेर एमाले बर्बाद गर्ने शक्तिहरुलाई युवा संघले तह लगाउने बताएका थिए ।

पार्टीमा बसेर नेता नेपालले नीति, विधि र पद्धतिको कुरा गरेको तर आफू समानान्तर गतिविधि गर्दै अघि बढेको भन्दै बस्नेतले आक्रोश पोखे ।

नेता नेपालले आफूनिकट युवा संघको मार्फत अध्यक्ष अ‍ोलीको पुत्ला जलाएको आरोप समेत लगाएका छन्।

बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफूहरुसँग डराएकाले डीएसपीको नेतृत्वमा सुरक्षाकर्मी थप गरेको समेत आरोप लगाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);