एमालेको केन्द्रीय कमिटी बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

एमालेको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।

एमाले विभाजनपछि बिहीबार पहिलो पटक केन्द्रीय कमिटीको बैठक बसेको हो । ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बसेको बैठकमा पार्टी उपाध्यक्ष बामदेव गौतम भने उपस्थित भएका छैनन् ।

आजको बैठकमा कार्यदलले तयार गरेको १० बुँदे कार्यान्वयनसम्बन्धी स्थायी कमिटीको निर्णय अनुमोदन गर्ने, पार्टी सदस्यता वितरण र विधान महाधिवशन तथा स्थानीय अधिवेशनमाथि छलफल र पार्टीको विभाजन गरेका केन्द्रीय सदस्यहरुलाई कारबाही प्रक्रिया आगाडि बढाउने विषयलाई मुख्य एजेण्डा बनाइएको बताइएको छ ।

माधव कुमार नेपाल पक्षले बुधबार मात्रै नेकपा एकीकृत समाजवादी पार्टिका रुपमा निर्वाचन अयोगमा दल दर्ता गराउँदै प्रमाणपत्र पाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);