आजको मौसम पूर्वानुमान कहाँ कस्तो ? | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

आजको मौसम पूर्वानुमान कहाँ कस्तो ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांस भूभागमा मौसम सामान्यदेखि पूर्ण बदली रहने छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भूभाग नजिक रहेको पूर्व-पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेको छ।।

अहिले देशका सुदुरपश्चिम प्रदेश, कर्णालि प्रदेश, गण्डकि प्रदेश र लुम्विनि प्रदेशका  भूभागहरुमा सामान्य बदली रहेको छ र बाँकि भूभागहरुमा आंशिक बदली रहेको छ।

आज दिउँसो देशको पहाडि भूभागमा सामान्य बदली रहने छ ।  देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति अधिकांश भूभागहरुमा सामान्य बदली रहने छ । देशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश नं १ र प्रदेश नं २ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।  

देशको केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);