सवारी दुर्घटनामा एकै परिवारका दुईसहित चारको मृत्यु, १० जना घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सवारी दुर्घटनामा एकै परिवारका दुईसहित चारको मृत्यु, १० जना घाइते

sunsari accident

धरान, १९ माघ । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सुनसरीको तित्रृबनामा हाएस र यात्रुबाहक बस एक आपसमा ठक्कर खादा ४ जनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन् ।

आज बिहान साढे सात बजे रामधुनी नगरपालिका २ स्थित तित्रृबनामा इनरुवातर्फ जादै गरेको बा ५ ख ३१५७ नम्बरको हाएस गाडी र इनरुवाबाट इटहरीतर्फ आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठक्कर खाएको थियो ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा हायसका चालक दिपक खड्का, झापा भद्रपुरका (श्रीमान् श्रीमती) ७५ वर्षीय हेमराज दाहाल र ६५ वर्षीया डोलमाया कोइराला र भक्तपुरकी १७ बर्षिय गरिमा गौतमको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी भिम बहादुर दाहालले बताउनुभयो ।

गौतमको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो । मृतक चारै जना हायसका यात्रु हुन् । दुर्घटनामा परी घाइते १० जना मध्ये ३ जनाको अवस्था गम्भिर रहेको एसपी दाहालले बताउनुभयो । गम्भिर घाइतेमध्ये दुई जनाको वीपी प्रतिष्ठानमा उपचार भइरहेको छ भने १ जनालाई विराटनगर पठाइएको जनाउनुभयो । अन्य सात जना समान्य घाइते रहेको जनाइएको छ ।

दुर्घटनामा हायस पूर्ण रुपमा क्षती पुगेको र बसको अगाडीको भागमा सामान्य क्षती पुगेको एसपी दाहालले बताउनुभयो । दुर्घटनाको प्रारम्भिक अनुसन्धान अनुसार तिब्र गतिका कारण दुर्घटना भएको एसपी दाहालको भनाई छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);