एसएसपी सौरभ राणाद्वारा प्रहरीसमक्ष आत्मसमर्पण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एसएसपी सौरभ राणाद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

सुनसरी, १९ माघ । यौन दुर्व्यवहारको आरोप लागेका नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी शौरभ शमशेर राणाले जिल्ला प्रहरी कार्यालय सुनसरीसमक्ष आत्मसमर्पण गरेका छन् । धरानकी एक महिलामाथि यौन दुब्र्यवहार गरेको आरोपमा गृह मन्त्रालयले राणालाई गत बिहीबार निलम्बन गरेको थियो ।

निलम्बनको भोलिपल्ट शुक्रबार ती महिलाले राणाले आफूमाथि बलात्कार गरेको आरोपमा सुनसरी प्रहरीमा जाहेरी थिइन् । राणामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि गृहमन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । समितिले राणामाथि थप अनुसन्धान गर्नुपर्ने राय दिएको थियो।राणालाई सुनसरी प्रहरीको नियन्त्रणमा राखिएको छ ।

२०४९ मा प्रहरी सेवा प्रवेश गरेका राणा यसअघि डीएसपी हुँदा झापा त्यसपछि एसपीको रुपमा पूर्वक्षेत्रीय ट्राफिक कार्यालय इटहरी र जिल्ला प्रहरी कार्यालय सुनसरीमा बसेका थिए। हाल उनी संघीय प्रहरी ईकाइ धरानको प्रमुख रहेकै बेला निलम्बनमा परेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);