काठमाडौं, १९ माघ । ललितपुरको बखुण्डोल स्थित एक कवाडी गोदाममा आगलागी भएको छ । नेपालस्थित कोरियन दूतावास नजिकको कवाडी गोदाममा आज बिहान ११ बजेको समयमा आगलागी भएको हो ।
आगलागीमा परी भारत मोतीहारी घर भई सानेपा बस्ने ४५ वर्षिय धर्मराज जैसवाल र भारत सितामडी घर भई बखुण्डोल बस्ने ३० वर्षीय नन्दु जैसवाल गम्भीर रुपमा घाइते भएका छन । घाइतेहरुको ललितपुरको पुल्चोकस्थित अल्का अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
आगो नियन्त्रणका लागि नेपाली सेना र काठमाडौ महानगरपालिकाका ४ वटा दमकल प्रयोग गरीएको थिायो । आगो लागेको २ घण्टा पछि आगो नियन्त्रणमा आएको थियो ।
प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । आगलागीबाट भएको क्षतिको विवरण आइनसकेको प्रहरीले जनाएको छ ।




