महोत्तरीको रातो खोलामा पुलको शिलान्यास | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

महोत्तरीको रातो खोलामा पुलको शिलान्यास

महोत्तरी, १८ माघ । प्रदेश सरकारको लागतमा महोत्तरीको भंगहा नगरपालिका १ सिँगियहीको रातो खोलामा २० करोडको लागतमा पुल निर्माण हुने भएको छ ।

शनिबार एक कार्यक्रमका बीच प्रदेश नं.२ का भौतिका पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनल तथा राजपा अध्यक्ष मण्डलका सदस्य शरदसिँह भण्डारीले संयुक्त रुपमा पुलको शिलान्यास गर्नु भएको हो ।

२०७९ साल असार २२ गते सम्म पुलको निर्माण कार्य सम्पन्न गर्ने गरी काम सुरु हुने भएको छ । २० करोड ३ लाख ६५ हजार २ सय ६ रुपैयाँको लागतमा निर्माण हुने सो पुल एक सय २५ मिटरको हुने जनाइएको छ ।

शिलान्यास कार्यक्रममा प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले नदीका कारण स्थानीयबासीलाई भईरहेको समस्यालाई ध्यानमा राखी प्रदेश सरकारले चालेको कदमले यो क्षेत्रको विकासमा मद्दत पुग्ने बताउनु भयो ।

शिलान्यास कार्यक्रममा सांसद शरतसिँह भण्डारीले प्रदेशमा निर्माण भएको मधेश सरकारले यहाँ विकास निर्माणको काम अन्तरगत पुल निर्माणको काम भईरहेको बताउनु भयो । पूलको निर्माण कार्य शनिबारदेखि नै शुरु गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);