भ्रामक समाचार लेख्ने ७० ओटा अनलाइन ब्लक, कुन कुन परे? (सूचिसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भ्रामक समाचार लेख्ने ७० ओटा अनलाइन ब्लक, कुन कुन परे? (सूचिसहित)

blocklist

काठमाडौं, ११ जेठ । प्रेस काउन्सिल नेपालले भ्रामक समाचार संम्प्रेषण गर्ने ७० अनलाइनलाई देशैभरिबाट प्रकाशन प्रसारण नहुने गरी ब्लक गरेको छ ।

गत चैत ११ देखि जेठ ८ गतेसम्म कोरोना भाइरस कोभिड १९ बारे अफवाह फैलाउने, जथाभावी तथ्यहीन समाचार सम्प्रेण गरेर भ्रम फैलाउने १ सय ३६ अनलाइनलाई स्पष्टीकरण सोधिएको प्रेस काउन्सिल नेपालले जनाएको छ । नेपालको कानुनी प्रक्रिया पुरा नगरी अनाधिकृत रुपमा संचालनमा रहेका केही अनलाइन पोर्टललाई काउन्सिलको सिफारिसमा नेपाल दुर सञ्चार प्रधिकरणले नेपालमा नखुल्ने गरि बन्द गरेको हो ।

यसरी बन्द गरिएका अनलाइन पोर्टलहरु केही विदेशबाट संचालित थिए भने केहि नेपालमा बसेर लुकिछिपी गैरकानुनी रुपमा सञ्चालन गरिएका थिए । प्रेस काउन्सिलले दर्ता भएका अनलाइन सञ्चारमाध्यमहरुलाई भने स्पष्टीकरण मात्र सोधेको छ ।

पत्रकार आचारसंहिता विपरीत कथा बुनेर, अनुमानका भरमा, पुष्टि नै नभएका र समाजलाई आतंकित र उत्तेजित बनाउने खालका समाचार प्रवाह गर्ने अनलाइन सञ्चारमाध्यमहरुलाई कारवाहीको दायरामा ल्याइएको काउन्सिलले जनाएको छ । गैरकानुनी रुपमा सञ्चालन भएका अनलाइन पोर्टलहरुले तथ्यहीन भ्रामक र कपोकल्पित समाचारहरु पोस्ट गर्ने र ति समाचारका लिंक सामाजिक संजाल फेसबुकका ग्रुप र पेजहरुमा सेयर गर्ने गरेको र त्यसले जनमानसमा आंतक र भ्रम पैदा गरेको भन्दै उजुरीहरु पर्न थालेपछि प्रेस काउन्सिलले बन्द गर्न प्राधिकरणलाई सिफारिस गरेको हो ।

यसरी गैरकानुनी रुपमा सञ्चालन भएको पुष्टी भइ बन्द गरिएका अनलाइनहरुले फेरी पनि विदेशबाट समाचार पोस्ट गर्ने तथा कोहिले नेपालमै बसेर इन्टरनेटको गैरकानुनी बाटो प्रयोग गरि समाचार अपडेट गरेर सामाजिक संजालमा सेयर गर्ने गरेको पाइएकोले ति व्यक्तिहरुको पनि खोजी भइरहेको एक सरकारी अधिकारीले बताएका छन् । प्रहरीको साइबर अपराध ब्यूरोले त्यस्ता गैरकानुनी रुपमा सञ्चालन भएका अनलाइनको समाचार सेयर गर्न दिने फेसबुक ग्रुप र पेज सञ्चालकको समेत खोजी भइरहेको जनाइएको छ ।

यस्तै नेपालमा नखुल्ने गरि बन्द गरिएका अनलाइन पोर्टलहरु निम्न छन्, आफ्नो खबर डटकम, एनपिन्युज डटकम, सप्तरंगीपोस्ट डटकम, गुगलखबर डटकम, नेपालको समाचार डटकम, इतार्केस्वर डटकम, पाठकपत्र डटकम। हिमालय दैनिकन्युज डटकम, अल्ट्रानेपाल डटकम, ताजाबहस डटकम, हाम्रोसरोकार डटकम, ताजा एनपी डटनेट, दवर्ल्ड न्युज डटनेट, खबर ट्वान्टीफोर डेली डटकम, साझा फुलवारी डटस्पेस, मानास्लु खबर डटकम, सिधा अनलाइनपोस्ट डटकम, लाइभ १८ नेपाल डटकम, अनलाइन बुढानिलकण्ठ डटकम, बिसिएम नेपाल डटकम, सररखबर डटकम, सत्यसमाचार डटकम, स्मार्टखबर डटकम, एभेरेस्टपाटी डटकम, गोर्खाली नेपाल डटकम, सीएन नेपाल डटकम, सिम्पलअनलाइन डटकम, दैनिकीमिडिया डटकम, कागजपत्र डटकम, जागिरकेन्द्र डटकम, हाम्रै साझा पत्रिका डटकम, सुस्तासन्देश डटकम, समाचारबाटिका डटकम, राइक्वारखबर डटकम, न्युज ३६ मिडिया डटकम, काष्ठमान्ड़पन्युज डटकम, जनकपुरटाइम्स डटकम, चन्द्रागिरीदर्पण डटकम, बोल्डखबर डटकम, नेपाल १२३ डटकम, हुलाकीअनलाइन डटकम, रहेका छन् ।

यस्तै, खबर कान्तिपुर डटकम, सिआइए नेपाल डटकम, पबित्र टिभी डटकम, एच खबर डटकम, ललितपुर खबर डटकम, एन्युज २४ नेपाल डटकम, बिबिसीइ नेपाल डटकम, नेपाल दीप डटकम, हाम्रो अभियान डटकम, निगरानी खबर डटकम, मिडिया माइ नेपाल डटकम, न्युज २७ मिडिया डटकम, भिजिट स्टार्ट डटकम, नेपाली अनलाइन न्युज डटकम, कास्की खबर डटकम, बर्णमाला न्युज डटकम, सोलुशन डटकम, झोर्ले न्युज डटकम, हाम्रो साझा चौतारी डटकम, टाइम २४ नेपाल डटकम, निपोल न्युज डटकम, थ्री एम खबर डटकम, सुदुर समाज डटकम, टाइम्स अफ नेपाली डटकम, न्युज नेपाल पोस्ट डटकम, टुरिजम एरियाज डटकम, भेट्रान नेपाल डटकम, भ्वाइस समाचार डटकम, अनलाइन सुनापाटी दाहु डटकम रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);