प्रेस काउन्सिलले गर्यो ४५ वटा सञ्चारमाध्यमलाई कारबाही | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

प्रेस काउन्सिलले गर्यो ४५ वटा सञ्चारमाध्यमलाई कारबाही

काठमाडौं, १२ माघ । प्रेस काउन्सिल नेपालले ४५ वटा सञ्चारमाध्यमहरुलाई कारबाही गरेको छ । काउन्सिलले पछिल्लो ६ महिनामा ४५ वटा सञ्चारमाध्यमहरु मध्ये एउटा अनलाइनलाई कालो सूचीमा र एक पत्रिकालाई २४ घण्टे स्पष्टीकरण मागेको हो । आचारसहिंता प्रतिकुल सामाग्री सम्प्रेषण गरेपछि काउन्सिलले दिएको निर्देशन अवज्ञा गर्ने आइअफनेपाल डटकमलाई कालोसूूचीमा राखी थप कारबाही अघि बढाएको हो ।

काउन्सिललले जारी गरेको विज्ञप्तीमा तनहुँबाट प्रकाशित हुने खबर दैनिकसँग २४ घण्टे स्पष्टीकरण माग गरेको उल्लेख गरिएको छ । आचारसंहिताविपरीत सामग्री सम्प्रेषण गर्ने २८ वटा सञ्चारमाध्यममध्ये २ वटालाई निर्देशन, ६ वटालाई ध्यानाकर्षण, ११ वटालाई सचेत, ४ वटालाई स्पष्टीकरण र ५ वटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन पत्राचार गरेको छ ।

उजुरीका आधारमा दर्ता/सूचीकरण नभएका १६ वटा वेब पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भएको विज्ञप्तीमा उल्लेख छ । काउन्सिलमा पछिल्लो समयमा विज्ञापनको नाममा अनावश्यक दबाब दिने, ‘बार्गेनिङ’ गर्ने र तथ्यहीन समाचार सम्प्रेषण गरेका ६ वटा गुनासा परेको छ । यस्तो कार्य प्रचलित कानून, पत्रकार आचारसंहिताविपरीत र पत्रकारिताको दुरूपयोग भएको भन्दै काउन्सिलले सञ्चारमाध्यमलाई सजगता अपनाउन ध्यानाकर्षण गराएको छ । अटेरी गरे कारबाही हुने काउन्सिलको चेतावनी छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);