‘कोशी प्रदेश’ खारेजीको माग गर्दै फागुन २६ गते बन्द आह्वान | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

‘कोशी प्रदेश’ खारेजीको माग गर्दै फागुन २६ गते बन्द आह्वान

काठमाडौं, २३ फागुन । प्रदेश १ को नाम ‘कोशी’ नामाकरण भएकोमा किरात मोर्चाले असन्तुष्टि जनाएको छ । प्रदेश सभाबाट बहुमतले पारित भएको सो नामको विरोधमा मोर्चाले फागुन २६ गते प्रदेश नं. १ बन्द गर्ने घोषणा गरेको छ । मोर्चाले कोशी प्रदेश खारेज गर्नुपर्ने र किरात राज्य (प्रदेश) घोषणा गर्नुपर्ने माग अघि सारेको छ ।

नेपाल प्राचीन किरात मुलुक भएको भन्दै इतिहास, तामापत्र (१८१४) मा स्पष्ट रहेको मोर्चाको जारी विज्ञप्तीमा उल्लेख छ । प्रदेश नं. १ किरात सभ्यता, दर्शनको उद्गम विन्दू हो । किरातेश्वरले यहाँबाट किरात सभ्यता, दर्शन, ज्ञान एक समय संसारमा फैलाएका सबैलाई जानकारी हुदाहुँदै महान सभ्यता, राष्ट्रियता, इतिहासलाई अपमान गरी “कोशी प्रदेश“ घोषणा गर्नु अपमान भएको मोर्चाका ठहर छ ।

‘यो निर्णय माटो, सभ्यता, इतिहास र जनतामाथि ठूलो अपमान, अपराध हो । यसको विरुद्ध सम्पूर्ण किरात जनता, न्यायप्रेमी जनसमुदायको तर्फबाट कोशी प्रदेश खारेज गरी किरात राज्य (प्रदेश) घोषणा गर्न १ बुँदे माग राख्दै २०७९ फागुन २६ गते प्रदेश नं. १ मा आम हड्ताल (बन्द) घोषणा गर्दछौं । यसमा भइरहेको आन्दोलन प्रति ऐक्यवद्धता जाहेर गर्दै किरातजन्य संघ संगठन आन्दोलनरत संगठनहरुलाई ऐक्यवद्धता, सहभागी समर्थन गर्न सम्पूर्ण किरात जनताको साझा मोर्चा किरात मोर्चा आव्हान गर्दछ । साथै वन्दमा सहयोग गरिदिनु सम्पूर्ण जनसमुदाय, व्यवसायी, पेशाकर्मी, पत्रकार, सुरक्षाकर्मी, शिक्षक विद्यार्थी, यातायातमजदूर सबैमा हार्दिक अपिल गर्दछौं ।’–केन्द्रीय अध्यक्ष मिसेकहाङ किरातद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

मोर्चाले फागुन २६ गते बजार, यातायातका साधन, शैक्षिक संस्था लगायतका संघ साधनहरु बन्द हुने चेतावनी दिएको छ । तर, एम्बुलेन्स, शववाहन, दमकल, सुरक्षार्कीका साधन, अन्तर्राष्ट्रिय नियोगका साधनलाई भने निर्वाध चल्न दिने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);