माघे संक्रान्तिको अवसरमा प्रचण्डले टुँडिखेलमा गरेको भाषणको चौतर्फी चर्चा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

माघे संक्रान्तिको अवसरमा प्रचण्डले टुँडिखेलमा गरेको भाषणको चौतर्फी चर्चा

काठमाडौं, २ माघ । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल विवादास्पद अभिव्यक्ति दिएर फेरी चर्चामा आएका छन् । कैलालीमा ७ सुरक्षाकर्मी र एक बालकको हत्या गरेको अदालतको ठहरपछि जन्मकैदको सजाए पाएका निलम्बित सांसद रेशम चौधरी छिट्टै जेलमुक्त हुने अभिव्यक्ति दिएर प्रचण्ड अहिले चर्चामा आएका हुन । प्रचण्डको अभिव्यक्तिले कतै शान्ति सुरक्षा र न्यायपालिकालाई चुनौति दिएको त छैन भन्ने प्रश्न खडा भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग केही दिन संवादहीनको अवस्थामा रहनु भएका नेकपाका शक्तिशाली अध्यक्ष प्रचण्डले माघे संक्रान्तिको अवसरमा टुँडिखेलमा गर्नु भएको भाषण यतिबेला चर्चामा छ ।

चर्चा यस अर्थमा कि शक्ति भए जे पनि हुन्छ, र आफूले चाहै सबै थोक पूरा हुन्छ भन्ने अभिव्यक्ति दिनु भएको छ । प्रचण्ड चर्चाको प्रसंग कैलालीको टिकापुर घटनाको हो ।

सुरक्षामा खटिएका उच्च प्रहरी अधिकृतसहित ८ जनाको हत्या गरेको ठहरसँगै अदालती फैसलापछि जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीप्रति प्रचण्डले मोह र निकटता देखाउनु भएको छ ।

resham chaudhary
रेशम चौधरी

जेलबाट छुटाएर आफ्नै पहलमा चौधरीलाई सांसद पद सपथ खुवाएको सगौरव उहाँले टुँडिखेलमा भाषण गर्नु भयो ।

प्रचण्डको भाषण त्यतिमा मात्र सीमित छैन । निलम्बित सांसद रेशम चौधरी छिट्टै जेलमुक्त हुने र त्यसको लागि आपूmले पहल गरिरहेको अभिव्यक्ति पनि सगौरव दिनुभएको छ ।

सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्डको अभिव्यक्तिले कतै शान्ति सुरक्षा र न्यायपालिकालाई नै चुनौती त दिएको छैन भन्नेमा गम्भीर प्रश्न र आशंका उठाएको छ ।

कर्तब्य ज्यान मुद्दामा जिल्ला अदालत कैलालीले जन्म कैद सुनाएको ब्यक्ती रेशम चौधरीकोे मुद्दा हाल उच्च अदालत दिपायलमा बिचाराधीन छ । कर्तब्य ज्यान मुद्धामा एक अदालतले दोषी ठहर गरेको र अर्को अदालतमा बिचाराधीन रहेको अवस्थामा पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष दाहाल बोल्न मिल्छ कि मिल्दैन ? प्रचण्डको अभिव्यक्ति स्वतन्त्र न्याय पालीकाको पक्षमा छ त ? यो गम्भीर प्रश्न बनेको छ ।

कुनै पनि व्यक्ती अदालती प्रकृयामा गैसकेपछी उसलाई दोषी ठहर गर्ने वा छुट्ने भन्ने कुरा प्रमाण र अदालती प्रकृयाले मात्र निर्णय गर्छ । यस सन्दर्भमा प्रचण्डको अभिव्यक्तिलाई गैर जिम्मेवार भएको मानवअधिकारकर्मी भवानी प्रसाद खरेलको भनाइ छ ।

रेशम चौधरीको पक्षमा नेकपा अध्यक्ष प्रचण्डको अभिव्यक्तिलाई सत्तापक्षका नेता भने स्वभाविक मान्दछन् । राजपा र नेकपाको बिचमा सहकार्य हुने भन्ने कुरा चलिरहेको बेला प्रचण्डको यस किसिमको अभिव्यक्ती आएको नेता हरिबोल गजुरले बताउनु हुन्छ ।

२०७२ साल भदौ पहिलो साता थरुहट आन्दोलनका क्रममा टिकापुरमा ७ सुरक्षाकर्मी र १ बालक सहित ८ जनाको ज्यान गएको थियो । त्यही अभियोगमा रेशम चौधरीलाई कर्तब्य ज्यान मुद्धामा जिल्ला अदालत कैलालीले जन्म कैदको फैसला गरेको हो । कैलाली अदालतको फैसला पुनरावेदनका लागि अहिले उच्च अदालत दिपायलमा विचाराधिन छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);