राष्ट्रिय जनता पार्टीको घोषणा पत्र सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

राष्ट्रिय जनता पार्टीको घोषणा पत्र सार्वजनिक

काठमाडौं, ७ मंसिर । मधेशको पहिचान, अधिकार र सम्मान स्थापित गराउने संकल्पसहित राष्ट्रिय जनता पार्टी, नेपालले पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।

पार्टीले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक गरेको घोषणा पत्रमा समुन्नत नेपाल, सम्पन्न नेपाली, सार्थक संविधान, समावेशी राज्य, समतामूलक राज्य, सार्वभौम नागरिक बनाउने प्रतिवद्धता पनि व्यक्त गरिएको छ ।

विहिबार धनुषाको जलेश्वरमा घोषणा पत्र सार्वजनिक गर्दै पार्टीका संयोजक महन्त ठाकुरले सबैको पहिचान स्थापित गराउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले स्वायत्त प्रदेश स्थापना गर्न लागि पर्ने बताए ।

पार्टीका नेता राजेन्द्र महतोले मधेशी जनताको अधिकार स्थापित गरी मुलुकलाई समृद्ध बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले मधेशका जनताको माग सम्बोधन हुने गरी संविधानलाई सार्थक बनाउन पहल गर्ने अडान दोहोर्याए ।

राष्ट्रिय जनता पार्टीको घोषणा पत्रमा प्रमुख तीन दल नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रले मिलेर मधेशको माग सम्बोधन गर्न नदिएको आरोप पनि लगाइएको छ ।

जनकपुरलाई अन्र्तराष्ट्रिय पर्यटन स्थल एवम् विश्व हिन्दु केन्द्र बनाउने, काठमाडौ–निजगठ द्रुतमार्ग र निजगढ दोश्रो अन्तराष्ट्रिय विमान स्थल निर्माण गर्ने संकल्प पनि घोषणा पत्रमा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);