काठमाडौं–तराई द्रुतमार्ग निर्माणमा देखिएका जग्गाको मुआब्जासम्बन्धि विवाद छिट्टै समाधान गर्ने आश्वासन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

काठमाडौं–तराई द्रुतमार्ग निर्माणमा देखिएका जग्गाको मुआब्जासम्बन्धि विवाद छिट्टै समाधान गर्ने आश्वासन

काठमाडाैं । संसदको विकास समितिले काठमाडौं–तराई द्रुतमार्ग निर्माणमा देखिएका जग्गाको मुआब्जासम्बन्धि विवाद छिट्टै समाधान गर्ने आश्वासन दिएको छ ।

विकास तथा प्रविधि समितिको उपसमितिले सोमबार आयोजनाको खोकना–बुङमती क्षेत्रको स्थलगत अनुगमन गरेपछि त्यहाँ देखिएको जग्गाको मुआब्जासम्बन्धि विवाद छिट्टै समाधान गर्ने आश्वासन दिएको हो ।

स्थलगत अनुगमनका क्रममा आयोजनाका प्रमुख नेपाली सेनाका प्राविधिक सहायक रथी विकास पोखरेलले मुआब्जा सम्बन्धि विवाद समाधानका लागि पहल गरिदिन समितिका सदस्यहरुलाई आग्रह गरेको थियो । करिव १ खर्व ७५ अर्व लागत रहेको काठमाडौं–तराई÷मधेश दू्रतमार्ग ८१ साल पुस मसान्त भित्र सम्पन्न गर्ने जिम्मेवारी नेपाली सेनाले पाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);